केराबारीलाई मेयर कपको उपाधि

मोरङ (खेलदैनिक) । प्रथम बेलबारी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि केराबारी गाउँपालिकाले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा केराबारीले पथरी शनिश्चरेलाई २–० ले हराउँदै उपाधि जितेको हो ।

बेलबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेता केराकारीले उपाधिसहित नगद १ लाख ५१ हजार हात पारेको छ । प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

भिडियो पनि हेर्नुहोस ।


प्रतिक्रिया दिनुहोस

Loading...