प्रदेश १ लिग छनौट : सुनसरीको बराबरी

धरान (खेलदैनिक) । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ शनिबार भएको समूह बी तर्फको खेलमा सुनसरीले धनकुटासँग बराबरी खेल्दै अंक बाँडेको छ ।

धरान रंगशालामा भएको खेलमा सुनसरी र धनकुटाले १–१ गोलको बराबरी खेलेको हुन् । खेलमा धरानका सचिन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

यो नतिजासँगै ३ खेलबाट सुनसरी र धनकुटाको समान ५–५ अंक भएको छ र दुवै टोलीको अन्तिम चरणमा पुग्ने सम्भावना कायम छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र प्रदेश १ सरकारको विशेष सहयोगमा जारी प्रतियोगितामा कुल १४ टोलीहरु सहभागि छन् । सहभागी टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली बिराटनगरमा हुने अन्तिम चरणका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...