मोरङ र खोटाङ अन्तिम चरणका लागि छनौट

गाईघाट (खेलदैनिक) । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटतर्फ समूह ए बाट मोरङ र खोटाङ बिराटनगरमा हुने अन्तिम चरणका लागि छनौट भएका छन् ।

उदयपुर गाइघाट स्थित थरुहट रंगशालामा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मोरङले उदयपुरलाई ३–० ले हरायो । मोरङको जितमा खेलको नवौं मिनटमै सुसन लामाले पहिलो गोल गरे । त्यस्तै ४८औं मिनटमा बिरेन्द्र लिम्बुले त्यो अग्रता दोब्बर पारे भने ८२औं मिनटमा बुद्धबल तामाङले तेस्रो गोल गर्दै मोरङको जित पक्का गरे ।

खेलमा मोरङका बिरेन्द्र लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । शुक्रबारको नतिजापछि समूह ए बाट मोरङको प्रतिनिधित्व गरेको बेलबारी एफसी र खोटाङको प्रतिनिधित्व गरेको बक्शिला एफसी अन्तिम चरणका लागि छनौट भएका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र प्रदेश १ को विशेष सहयोगमा जारी प्रतियोगितामा सहभागि १४ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई बिराटनगर स्थित शहिद रंगशालामा हुने अन्तिम चरणका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...