पहिलो जितका साथ शिर्ष स्थानमा उक्लियो तेह्रथुम

धरान (खेलदैनिक) । मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटको समूह बी मा रहेको तेह्रथुमले पहिलो जित हात पारेको छ । धरान रंगशालामा भएको आफ्नो दोस्रो खेलमा तेह्रथुमले संखुवासभालाई ३–२ ले हरायो ।

खेलमा तेह्रथुमका सन्तोष लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । यसअघि तेह्रथुमले आफ्नो पछिल्ला दुई खेलहरुमा सुनसरी र धनकुटासँग बराबरी खेलेको थियो ।

यो जितसँगै ३ खेलबाट ५ अंक जोडेको तेह्रथुम शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित संखुवासभा भने १ अंकका साथ पुछारमा छ । तेह्रथुमले समूह चरणको आफ्नो अन्तिम खेलमा भोजपुरको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...