संकटाद्वारा च्यासल पराजित

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सिएमजी संकटा क्लबले पहिलो जित हात पारेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न समूह ए तफको खेलमा संकटाले च्यासलमाथि ३–१ को जित दर्ता गर्यो ।

संकटाको जितमा बिशाल शाही, आवेश शाही र राकेश गुरुङले गोल गरे । उता पराजित च्यासलका लागि धिरज मगरले एक मात्र सान्त्वना गोल गरे । यो जितसँगै ३ खेलबाट ४ अंक जोडेको संकटा समूह ए को तेस्रो स्थानमा छ । पराजित च्यासल भने १ अंकका साथ पुछारमा छ ।

त्यस्तै संकटासँगै समान ४–४ अंक भए तापनि एक–एक खेल कम खेलेको एनआरटी र हिमालयन शेर्पा क्लब क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा काठमाडौं उपत्यकाका कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...