बीबीसी र पुलिस क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । बीग्रेड ब्वाईज क्लब (बीबीसी) जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा एन्फा कम्लेक्स सातदोबाटोमा सम्पन्न दोस्रो खेलमा बीबीसीले जावलाखेल युथ क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो ।

बीबीसीको जितमा बृजेश चौधरीले ३५औं पहिलो मिनटमा पहिलो गोल गरे । त्यस्तै ५४ र ७१औं मिनटमा रोशन राना मगरले लगातार दुई गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरे ।

त्यसैगरी बिहीबार नै भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सरस्वती युथ क्लबलाई ५–१ को भारी अन्तरले हरायो । गोलनेपालका अनुसार यो जितसँगै पुलिस पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...