एबीसीलाई सुर्खेत जिल्ला लिगको उपाधि

सुर्खेत (खेलदैनिक) । सुर्खेत जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि एबीसी स्पोर्टस् क्लबले जित्न सफल भएको छ । बुधबार भएको फाइनल भिडन्तमा एबीसीले काँक्रेबिहार क्लबलाई २–१ ले हराउँदै उपाधि जित्न सफल भयो ।

एबीसीको जितमा योगेश बिसी र बिजय शाहीले गोल गरे । उता पराजित काँक्रेबिहारका लागि लक्ष्मण शाहीले एक मात्र सान्त्वना गोल गरे ।

सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताको बिजेता एबीसीले लिग उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...