मुख्यमन्त्री कप प्रदेश १ लिग छनौट : खोटाङलाई सफलता

गाईघाट (खेलदैनिक) । जारी मुख्यमन्त्री कप प्रदेश १ लिग छनौतर्फ समूह ए मा रहेको खोटाङले बुधबार साँघुरो जित हात पारेको छ । उदयपुरको गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलमा खोटाङले उदयपुरलाई १–० को झिनो अन्तरले हरायो ।

खोटाङको जितमा खेलको ६५औं मिनटमा शैलेन्द्र बजियमले एक मात्र निर्णायक गोल गरे । खेलमा खोटाङका गोलरक्षक किरण राई म्यान अफ द म्याच घोषित भए । उनलाई प्रमुख अतिथी त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नगद ५ हजार र ट्रफी प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...