रोहितको टोली जकार्ताको पहिलो जित

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले बुधबार इण्डोनेसियन सुपर लिगमा पहिलो जित हात पारेको छ ।

पहिलो जित दर्ता गर्ने क्रममा जकार्ताले पिएसएस स्लेमनलाई १–० को झिनो अन्तरले हरायो । जकार्ताका लागि २५औं मिनटमा क्रोएशियन फरवार्ड मार्को सिमिकले एक मात्र निर्णायक गोल गरे ।

यो जितसँगै पाँच खेलबाट ५ अंक जोडेको जकार्ता लिगतालिकाको १३औं स्थानमा उक्लिएको छ । त्यस्तै पराजयका बावजुद ६ अंक जोडेको स्लेमन भने ११औं स्थानमा छ । उता ६ खेलबाट ७ अंक जोडेको बाली युनाइटेड शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...