तिलोत्तमा गोल्डकप: धरान एफसीलाई हराउँदै रूपन्देही सेमिफाइनलमा

फागुन १५ / बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपमा धरान एफसीलाई हराउँदै रूपन्देही सेमिफाइनलमा पुगेको छ । अन्तिम चारमा आयोजक रुपन्देही ११ ले आफ्नो स्थान सुरक्षित गर्ने क्रममा आईतवार भएको रोमाञ्चक खेलमा धरान फुटवल क्वबलाई २–१ ले हराएको हो।

बुटवल । आयोजक अग्नि रुपन्देही–११ जारी १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा प्रवेश गर्ने क्रममा अग्नि रुपन्देहीले धरान फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित ग¥यो ।

खेलको शुरुवातदेखि नै धरानमाथि आक्रमक खेलेको रुपन्देहीका लागि पहिलो गोल खेलको ११ औं मिनेटमै लक्ष्मण रुचालले गरे । निरन्तर धरानविरुद्ध दबाब जारी राखेको आयोजक टोलीले आफ्नो अग्रतालाई धेरै बेर जोगाउन सकेन । पहिलो हाफकै ३० औं मिनेटमा बल क्लियर गर्ने क्रममा रुपन्देहीका रक्षक कालु थापा मगरले आत्मघाती गोल गर्न पुगेका थिए । गोल खाए लगत्तै थप आक्रमक बनेको रुपन्देहीका लागि ३७ औं मिनेटमा अजय बिकले उत्कृष्ट गोल गर्दै आयोजक टोलीको अग्रता दोब्बर पारेका थिए ।

खेलमा अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखे पनि आयोजक अग्नि रुपन्देहीले थप गोल गर्न सकेन । रुपन्देहीकै दिपक राईले गरेको दुई सुन्दर प्रहार बारमा लागेर बाहिरिएको थियो भने थुप्रै गोलको प्रयास सफल हुन सकेन ।

आइतबारको खेलमा आयोजक अग्नि रुपन्देहीका पिटर र कालु थापा तथा धरानका गोलरक्षक पुर्ण चेम्जोङले पहेंलो कार्डको सामना गरेका थिए । खेलमा आयोजक रुपन्देहीकै लक्ष्मण रुचाल म्यान अफ दि म्याच घोषित भए । रुपन्देहीले अब फाइनल प्रवेशका लागि फागुन १७ गते हुने दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसबीचको बिजेचासग खेल्ने छ ।

त्यसैगरी फागुन १७ गते सोमबारको क्वाटरफाइनल खेल एपीएफ क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुनले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...