मुख्यमन्त्री कप प्रदेश १ लिग छनौट : ओखलढुंगाको पहिलो जित

गाईघाट (खेलदैनिक) । ओखलढुंगाले जारी मुख्यमन्त्री कप प्रदेश १ लिग छनौट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । उदयपुरको गाईघाट स्थित थरुहट रंगशालामा भएको समूह ए तर्फको खेलमा ओखलढुंगाले सोलुखुम्बुलाई ३–१ ले हरायो ।

खेलको दशौं मिनटमै अरविन्द राईको गोलको ओखलढुंगाले खेलमा शुरुवाती अग्रता बनाएको थियो । तर ३९औं मिनटमा अनिर केसीले सोलुखुम्बुका लागि बराबरी गोल फर्काएका थिए । यद्यपि खेलमा उत्कृष्ट लय समातेको ओखलढुंगाका लागि राजु राईले ८० र ८१औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।

खेलमा मानस राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । समूह ए मा सोलुखुम्बु र ओखलढुंगासँगै मोरङ, उदयपुर र खोटाङ रहेका छन् । समूहको शिर्ष दुई टोली बिराटनगरमा हुने अन्तिम चरणको खेलका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...