
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतिक्षाको सूचीमा परेका १४ जना यु–१६ खेलाडीहरुलाई बोन टेष्ट र एमआरआईका लागि बोलाएको छ ।
स्मरणीय छ, एन्फाले केही दिन अघि मात्र देशभरिबाट छनौट भई आएका ३५ खेलाडीहरुमध्ये २५ जना बढी उमेरका खेलाडीहरु रहेको पुष्टी गरेको थियो । त्यो खबर बाहिर आएसँगै एन्फाले बढी उमेरका यु–१६ खेलाडीहरुलाई घर पठाइदिएको थियो ।
नेपाली यु–१६ फुटबल टोलीका लागि एन्फाले देशभरिबाट कुल ४९ खेलाडीहरुलाई छनौट गरेको थियो । अब एन्फाले बाँकी रहेका खेलाडीहरुको सो उमेर परिक्षण गर्नेछ । त्यसक्रममा एन्फाले हाड उमेर परीक्षण (बोन टेष्ट) र एमआरआई पनि गर्नेछ ।
अन्तिम छनौटमा परेका खेलाडीहरुले आउँदो साफ यु–१६ च्याम्पियनसिप र एएफसी यु–१६ छनौटमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।