मच्छिन्द्रमाथि शेर्पाको जित

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितातर्फ हिमालयन शेर्पा क्लबले साँघुरो जित हात पारेको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा शेर्पाले मच्छिन्द्र क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

शेर्पाको जितमा खेलको ६९औं मिनटमा अभिषेक श्रेष्ठले एक मात्र निर्णायक गोल गरे । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रतियोगितामा काठमाडौं उपत्यकाका कुल १४ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...