प्रदेश १ लिग छनौट : तेह्रथुम र धनकुटाको बराबरी

धरान (खेलदैनिक) । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग छनौटतर्फ समूह बी का खेलहरु मंगलबारदेखि धरानमा शुरु भएका छन् । धरान रंगशालामा भएको पहिलो खेलमा तेह्रथुम र धनकुटाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

तेह्रथुमका लागि दुवै गोल सन्तोष लिम्बुले गरे । उता धनकुटाका लागि भने दिवस लिम्बु र सञ्जय रम्तेलले गोल गरे । तेह्रथुमका सन्तोष लिम्बु खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

त्यस्तै समूह बी कै दोस्रो खेलमा संखुवासभा र भोजपुरले पनि १–१ गोलको बराबरी खेले । संखुवासभाका लागि मिसिल योन्जनले गोल गरे भने भोजुपुरका लागि बिजय भुजेलले गोल गरेका थिए । भुजेल खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितातर्फ प्रत्येक समूहका शिर्ष दुई टोली बिराटनगरमा हुने अन्तिम चरणको खेलका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...