सावित्रा बनिन महिलातर्फ बर्ष खेलाडी

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य तथा चर्चित फरवार्ड साबित्रा भण्डारीले पल्सर महिला बर्ष खेलाडीको अवार्ड जितेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको यो प्रतिष्ठित अवार्ड जित्ने क्रममा साबित्राले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता राना मगर, तेक्वान्दोकी निमा गुरुङ र जुडोकि मनिता श्रेष्ठ प्रधानलाई पछि पारीन् ।

स्मरणीय छ, गत बर्ष बिराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपतर्फ नेपाललाई फाइनलसम्म पुराउन साबित्राले महत्वपूर्ण योगदान दिएकी थिईन् । साथै पहिलोपटक देशबाहिर भारतमा सेतु एफसीबाट व्यवसायीक फुटबल खेलेकी साबित्राले टोलीलाई लिग उपाधि जिताउन पनि निर्णायक भूमिका खेलेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...