धरानलाई सुनसरी जिल्ला लिगको उपाधि

सुनसरी (खेलदैनिक) । धरान फुटबल क्लबले सुनसरी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार धरान रंगशालामा भएको फाइनल भिडन्तमा धरानले राष्ट्रिय जागृति युवा क्लबलाई १–० ले हराउँदै उपाधि जित्न सफल भयो ।

धरानले अब प्रदेश १ लिग छनौटमा सुनसरीको प्रतिनिधित्व गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनौट प्रतियोगितहरु प्रदेश १ को सुनसरी, उदयपुर र इलाम जिल्लामा आयोजना गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...