प्रदेश १ मुख्यमन्त्री लिग छनौट शुरु

उदयपुर (खेलदैनिक) । नेपालमा पहिलोपटक शुरु भएको प्रदेश १ मुख्यमन्त्री लिग छनौट प्रतियोगिता सोमबारदेखि शुूर भएको छ । उदयपुरको गाईघाट स्थित थरुहट रंगशालामा सोमबार बिहान भएको उद्घाटन खेलमा समूह ए तर्फ रहेका मोरङ र खोटाङले १–१ को बराबरी खेल्दै प्रतियोगिताको शुरुवात गरेका छन् ।

खेलको म्यान अफ म्याच खोटाङका शैलेन्द्र बजिमय घोषित भए । प्रतियोगितातर्फ सोमबार नै सोही मैदानमा हुने दोस्रो खेलमा समूह ए तर्फ कै उदयपुर र सोलुखुम्बु भिड्दैछन् ।

अखिल नेपाल फुटबल संघ –एन्फा) को आयोजनामा शुरु प्रतियोगितातर्फ समूह बी को खेलहरु मंगलबारदेखि धरानमा शुरु हुँदैछन् भने समूह सी का खेलहरु बुधबारदेखि इलाममा शुरु हुँदैछन् । प्रत्येक समूहका शिर्ष दुई टोली फाइनल चरणका लागि छनौट हुनेछन् । फाइनल चरणका खेलहरु बिराटनगर स्थित शहिद रंगशालामा हुनेछन् ।

प्रतियोगिताको बिजेता टोलीले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रोदेखि छैठौं स्थान हासिल गर्ने टोलीहरुले जनही ७५–७५ हजार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...