राष्ट्रिय महिला फुटबलर लिम्बु सम्मानित

लेटाङ (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मनमाया लिम्बु नगद सहित सम्मानित भएकी छिन् । लेटाङ नगरपालिकाले लिम्बुलाई नगद ५० हजार सहित सम्मानित गरेको हो ।

नेपाली महिला फुटबल टोलीले हालै टोक्यो ओलम्पिक छनौटको दोस्रो चरणमा प्रवेश गर्दा र साफ महिला च्याम्पियनसिपको उपविजेता बन्दा लिम्बु टोलीकी महत्वपूर्ण सदस्य रहेकी थिईन् ।

सम्मानित भएपछि लिम्बुले खुशी व्यक्त गरीन् । साथै आगामी दिनहरुमा देशका लागि थप राम्रो गर्ने हौसला मिलेको समेत बताईन् । उता लेटाङ नगरपालिकाले पनि लिम्बुलाई सम्मानित गर्न पाएको गर्व महशुस गरेको प्रतिक्रिया दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...