हेटौडालाई मेयर गोल्डकपको उपाधि

सिरहा (खेलदैनिक) । एफसी मुन्डियल, हेटौडाले बिहीबार सम्पन्न प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा हेटौडाले घरेलु टोली सल्हेश युवा क्लब, सिरहालाई २–१ ले हरायो ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको फाइनल भिडन्तमा हेटौडाका लागि आन्द्रेस र लक्ष्मण चौधरीले गोल गरे । उता पराजित सल्हेशका लागि डेनियलले एक मात्र गोल गरे । फाइनल खेलको म्यान अफ द म्याच हेटौडाका अनिश रतौला घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

बिजेता बनेको हेटौडाले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता सल्हेशले १ लाखमा चित्त बुझायो । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिरहाका पेपे घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर सिरहाका लर्की कार्की घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि सिरहा कै जनक कार्की बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर हेटौडाका लक्ष्मण चौधरी घोषित भए भने उत्कृष्ट फरवार्ड पनि हेटौडा कै अमिर श्रेष्ठ घोषित भए । व्यक्तिगत विधातर्फका सबैले जनही ५–५ हजार प्राप्त गरे ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा यहि असार ५ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरि कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...