प्रदेश १ लिगको खेलतालिका सार्वजनिक

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रदेश १ लिग छनौट तीन जिल्लाहरुमा यहि असार १६ गतेदेखि शुरु हुँदैछ । कुल १४ टोलीहरुको सहभागिता रहने प्रतियोगिताका खेलहरु उदयपुरको गाईघाट, सुनसरीको धरान र इलाममा हुनेछन् ।

गाईघाटमा मोरङ, उदयपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगा भिड्ने छन् भने धरानमा तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सनुसरी भिड्नेछन् । त्यस्तै इलाममा झापा, पाँचथर, इलाम र ताप्लेजुङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली फाइनल चरणका लागि छनौट हुनेछन् । फाइनल चरणका खेलहरु बिराटनगर स्थित शहिद रंगशालामा हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल यहि असार ३० गते हुने बताइएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानदेखि छैठौं स्थानसम्मका टोलीहरुले जनही ७५–७५ हजार हात पार्नेछन् ।

एन्फाले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । हेर्नुहोस खेलतालिका ।


प्रतिक्रिया दिनुहोस

Loading...