बिराटनगरलाई उपमेयर कप महिला फुटबलको उपाधि

काठमाडौं (खेलदैनिक) । उपमेयर कप अन्तरनगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि बिराटनगर महानगरपालिकाले जितेको छ ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको फाइनल भिडन्तमा बिराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बिराटनगरले उपाधिसहित ५ लाख हात पारेको छ भने उपविजेता बाह्रबिसेले ३ लाख प्राप्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...