एएफसी कप : ढाका प्ले अफ सेमिफाइनलमा, चेन्नईन पनि बाहिरियो

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ समूह चरणको अन्तिम खेलमा चेन्नईनले मनाङ मस्र्याङ्दी क्लबलाई ३–२ ले हराएर पनि समूह चरणबाटै बाहिरिएको छ । बुधबार नै समूह ई तर्फ गुवाहाटीमा भएको अर्को खेलमा ढाका अवाहानीले मिनर्वा पञ्जाबलाई १–० ले हराएपछि चेन्नईनको अघिल्लो चरणमा पुग्ने सम्भावना समाप्त भएको हो ।

https://twitter.com/AFCCup/status/1143858474670948353

बुधबारको अन्तिम खेलको नतिजा पश्चात् ६ खेलबाट १३ अंक जोडेको ढाका शिर्ष स्थानमा रह्यो र इन्टर जोन प्ले अफ सेमिफाइनलका लागि छनौट भयो । त्यस्तै ११ अंक जोडेको चेन्नईन दोस्रो स्थानमा रह्यो भने ५ र २ अंक जोडेको पञ्जाब र मनाङ क्रमश तेस्रो र चौथो स्थानमा रहे ।

https://twitter.com/AFCCup/status/1143857774343811072

प्रतिक्रिया दिनुहोस

Loading...