मकवानपुर गोल्डकपलाई हेटौडा उपमहानगरपालिकाको १५ लाख

मकवानपुर (खेलदैनिक) । मकवानपुर जिल्लाकै प्रतिष्ठासँग जोडिएको मकवानपुर गोल्डकपका लागि हेटौडा उपमहानगरपालिकाले १५ लाखको बजेट बिनियोजन गरेको छ । उपमहानगरपालिकाले मंगलबर आफ्नो बजेट सार्वजनिक गरेको थियो, जसमा मकवानपुर गोल्डकपको लागि पनि आर्थिक बिनियोजन समेत गरिएको थियो ।

स्मरणीय छ, हेटौडाका उपमेयर हरि बहादुर बस्नेतले हालै प्रतियोगिताका लागि आफ्नो तर्फबाट १५ लाख आर्थिक सहयोग गर्ने बचन दिएका थिए । गोलनेपालका अनुसार मकवानपुर गोल्डकपलाई सहयोग गर्न अन्य नगरपालिका तथा गाउँपालिकाहरुले पनि बचन दिएका छन् ।

उता मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले सहयोग गर्ने उपमहानगरपालिका लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...