
सिरहा (खेलदैनिक) । घरेलु टोली सल्हेश युवा क्लब, सिरहा जारी प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा सल्हेशले धनकुटा फुटबल क्लबलाई ४–२ ले हराउँदै फाइनल यात्रा तय गर्यो ।
सिरहा क्याम्पसको खेलमैदानमा भएको सेमिफाइनल भिडन्तमा सल्हेशका लागि रन्जित आले मगरले ह्याट्रिक गरे । त्यस्तै थप एक गोल डेनियलले गरे । उता पराजित धनकुटाका लागि आकाश राई र सन्जय रौटेलाले गोल गरे ।
खेलमा ह्याट्रिक गरेका सल्हेशका रन्जित आले म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी प्राप्त गरे । सल्हेशले अब उपाधिका लागि असार १२ गते बिहीबार एफसी मुन्डियल, हेटौडासँग फाइनल खेल्नेछ ।
सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको उपविजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।