उपमेयर कप महिला फुटबल : बाह्रबिसे फाइनलमा

काठमाडौं (खेलदैनिक) । उत्कृष्ट जितका साथ बाह्रबिसे नगरपालिका जारी उमेयर कप अन्तरनगरपालिका महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको सेमिफाइनल भिडन्तमा बाह्रबिसेले वालिङ नगरपालिकालाई ३–० ले हरायो ।

सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको खेलमा बाह्रबिसेका लागि ३६औं मिनटमा रजनी श्रेष्ठले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएकी थिइृन् । त्यस्तै पार्वती घलेले ५८ र ६२औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...