बिमलको टोली टिसी स्पोर्टसको दोस्रो जित

काठमाडौं (खेलदैनिक) । माल्दिभ्समा व्यवसायीक फुटबल खेलिरहेका नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरको टोली टिसी स्पोर्टसले दिवेही प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ ।

गत साता क्लब इगल्ससँग १–१ बराबरी खेलेको टिसी स्पोर्टसले मंगलबार युनाइटेड भिक्टोरियालाई २–० ले पराजित गर्यो । टोलीको पहिलो रोजाई मै रहेर खेलेको बिमलले टोलीका लागि राम्रो प्रदर्शन पनि गरे ।

खेलको ६८औं मिनटमा विपक्षी खेलाडीले बिमललाई फल गरेपछि टिसी स्पोर्टसले फ्रिकिको अवसर पाएको थियो । सोही फ्रिकिकमा अनमार्क रहेका इस्माइल इसाले ७०औं मिनटमा बक्स भित्रबाट हाभ भली गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ९०औं मिनटमा इस्माइलले नै दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै ३ खेलबाट ७ अंक जोडेको टिसी स्पोर्टस दोसे स्थानमा छ । त्यस्तै ९ अंक जोडेको द ग्राण्डी भने शिर्ष स्थानमा छ । उता पराजित युनाइटेड भिक्टोरि ३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...