उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका खड्का

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का बर्षको पल्सर स्पोर्टस् अवार्डतर्फ बर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौ.मा एक कार्यक्रमकाबीच मनोनयनमा परेकाहरुको सूची सार्वजनिक गरेको थियो । यो विधातर्फ खड्कासँगै प्याराग्लाईडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र बिष्ट रहेका छन् ।

स्मरणीय छ, खड्काकै प्रशिक्षकीय जिम्मेवारीमा नेपाली महिला फुटबल टोलीले गत बर्ष सम्पन्न साफ महिला च्याम्प्यिनसिपमा उपविजेता बनेको थियो भने टोक्यो ओलम्पिक छनौटको दोस्रो चरणमा समेत प्रवेश गर्न सफल भएको थियो ।

नेपाल खेलकुद पत्रकार मञ्चले वार्षिक रुपमा आयोजना गर्दै आइरहेको यो प्रतिष्ठित अवार्ड कार्यक्रम यस बर्ष यहि असार १७ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...