मेयर गोल्डकप : एफसी मुन्डियल फाइनलमा

सिरहा (खेलदैनिक) । एफसी मुन्डियल, हेटौडा जारी प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा हेटौडाले मुनाल क्लब, झापालाई सडन डेथमा १०–९ ले हरायो ।

यसअघि सिरहा क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको म्यान अफ द म्याच अनिष देउला घोषित भए । हेटौडाले अब मंगलबार हुने सल्हेश युवा क्लब, सिरहा र धनकुटा फुटबल क्लब, धनकुटाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असार १२ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...