मेयर गोल्डकव : सेमिफाइनल समिकरण पूरा

सिरहा (खेलदैनिक) । सिरहामा जारी प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा सलहेश क्लब, सिरहाले एस.आर. फुटबल क्लब, कोलकाता (भारत) लाई ३–० ले हराएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

सलहेशको जितमा डेनियलले खेलको ११औं र ५८औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल ५३औं मिनटमा रन्जित आलेले गरेका थिए । आले खेलको म्यान अफ द म्याच समेत घोषित भए । सेमिफाइनलमा सलहेश क्लबले असार १० गते मंगलबारका दिन धनकुटा फुटबल क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो सेमिफाइनल खेल मुना क्लब, झापा र एफसी मुन्डियाल, हेटौडाबीच हुने आयोजकले जनाएको छ । सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...