अभिषेक चर्चलाई चितवन च्याम्पियनसिपको उपाधि

भरतपुर (खेलदैनिक) । आइतबार सम्पन्न हनामी पाँचौं चितवन च्याम्पियनसिपको उपाधि अभिषेक चर्च, रजहरले जितेको छ । भरतपुर स्थित प्रहरी तालिम केन्द्रको खेलमैदानमा भएको फाइनल भिडन्तमा अभिषेक चर्चले जुनियर पुलिस अफिसर्स कलेज, चितवनलाई २–१ ले हरायो ।

अभिषेकको जितमा दुवै गोल यानिक ओवानाले गरे । उता पराजित जुनियर पुलिसका लागि सन्तोष हेमरुनले एक मात्र गोल गरेका थिउ । अभिषेक चर्चका लागि दुई निर्णायक गोल गरेका यानिक फाइनल खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

बिजेता बनेको अभिषेकले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता जुनियर पुलिसले १ लाख ५० हजारमा चित्त बुझाएको छ । एभरेष्ट क्लब, चितवनको आयोजनामा भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...