बिराटनगरको जितमा रेखा पौडेलको पाँच गोल

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फरवार्ड रेखा पौडेल एक्लैले पाँच गोल गरेपछि बिराटनगर महानगरपालिका जारी उपमयेर कप महिला फुटबल प्रतियोगितामा फराकिलो जित हात पारेको छ ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको समूह डी तर्फको खेलमा बिराटनगरले पनौति नगरपालिकालाई १०–० को फराकिलो अन्तरले हरायो ।

बिराटनगरका लागि रेखा बाहेक साबित्री मगरले पनि ह्याट्रिकसहित तीन गोल गरीन् । त्यस्तै मनमाया लिम्बु र सपना मगरले एक–एक गोल गरीन् । समूह डी मा बिराटनगर र पनौतीसँगै धनगढी र बिदुर नगरपालिका पनि रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा विभिन्न जिल्लाहरुका कुल १८ महानगर, उपमहानगर र नगरपालिकाहरुले सहभागिता जनाईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...