अब थरुहट रंगशालामा पनि फ्लडलाईट्स

काठमाडौं (खेलदैनिक) । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले भर्खरै छैठौं उदयपुर गोल्डकप सम्पन्न भएको गाईघाट स्थित थरुहट रंगशालामा फ्लडलाईटन जडान गर्ने योजनामा रहेको बताएका छन् । मेयर चौधरीले त्यसका लागि आफूहरुले प्रदेश १ सँग सहकार्य गर्ने समेत बताए ।

कुराकानीका क्रममा मेयर चौधरीले भने, “यो हाम्रो मुख्य योजना हो । हामीले स्टेडियममा फ्लडलाईट जडान गर्ने योजना बनाईरहेका छौं । पारापिट निर्माण कार्यमा प्रदेश १ को सरकारले हामीलाई सहयोग गरिरहेको छ । हामी लाईट जडान गर्नेछों । यो जडान कार्य मेरै कार्यकालमा सम्पन्न हुनेछ ।”

साथै मेयर चौधरीले यस्ता कार्यका लागि प्रदेश सरकार र केन्द्रिय सरकारबाट पनि थप सहयोगको अपेक्षा राखेको बताए । स्मरणीय छ, रंगशालामा निर्माण समितिको प्रमुखमा अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राई रहेका छन् ।

हालै प्रदेश १ को सरकारले बिराटनगर स्थित शहिद रंगशालामा फ्लडलाईट जडान गर्नका लागि ५ करोड छुट्याएको घोषणा गरेको थियो । त्यस्तै गोलनेपालका अनुसार उता प्रदैश ३ मा रहेको नुवाकोट स्थित क्याम्पस मैदानमा पनि बिदुर नगरपालिकाले पनि फ्लडलाईट जडान गर्ने तयारीमा रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...