अमिरको दुई गोलसँगै हेटौडा सेमिफाइनलमा

सिरहा (खेलदैनिक) । मुन्डियल एफसी, हेटौडा जारी प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलमा हेटौडाले बनारस योङ म्यान बनारसी, भारतलाई ३–० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा हेटौडाका लागि ३४ र ३८औं मिनटमा अमिर श्रेष्ठले दुई गोल गरे ।

त्यस्तै थप एक गोल ४६औं मिनटमा अफ्रिकी खेलाडी मामापुले गरे । खेलमा हेटौडाका लागि दुई गोल गरेका अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको चौथो क्वाटरफाइनल खेल सल्हेश युवा क्लब, सिरहा र एस.आर.के फुटबल क्लब, कोलकाता (भारत) बीच हुने आयोजकले जनाएको छ ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असार १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...