एपिएफलाई उदयपुर गोल्डकपको उपाधि

गाईघाट (खेलदैनिक) । सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब शनिबार सम्पन्न रमपम छैठौं उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको बिजेता बनेको छ । गाईघाट स्थित थरुहट रंगशालामा भएको फाइनल भिडन्तमा एपिएफले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई १–० को झिनो अन्तरले हरायो ।

एपिएफका लागि खेलको अन्तिमतिर ७३औं मिनटमा श्याम नेपालीले एक मात्र निर्णायक गोल गरे । बिजेता बनेको एपिएफले उपाधिसहित नगद ५ लाख हात पारेको छ भने उपविजेताले गोर्खा ब्वाईजले ३ लाखमा चित्त बुझाएको छ ।

बिजयी खेलाडीहरुलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा गत जेष्ठ ३२ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...