मेयर गोल्डकप : आठ गोलको ‘थ्रीलर’मा धनकुटाको जित

सिरहा (खेलदैनिक) । प्रतिस्पर्धात्मक जितका साथ धनकुटा फुटबल क्लब जारी प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सिरहा क्याम्पसको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा धनकुटाले बिरगंंज युथ एकेडेमीलाई ५–३ ले हरायो । धनकुटाको जितमा आकाश राईले ह्याट्रिक गरे भने अविनाश राईले थप दुई गोल गरे । उता पराजित बिरगंजका लागि अफ्रिकी खेलाडी कादरले २ गोल गरे भने थप एक गोल धनकुटा कै प्रवेश भुषालले आत्मघाती गोलका रुपमा गरेका थिए ।

शुक्रबारको खेलमा ह्याट्रिक गरेका धनकुटाका आकाश राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको तेस्रो क्वाटरफाइनल खेल मुण्डियल एफसी, हेटौडा र बनारस योङ्ग म्यान बनारसी, भारतबीच हुने आयोजकले जनाएको छ ।

सिरहा जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असार १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...