न्यू स्टार पोल र विनायक फाइनलमा

काठमाडौं (खेलदैनिक) । एसओएस हर्मन माइनर सेतीओपी च्याम्पीयन कप २०७६, तेश्रो एसइइ २०–२० अन्तर विद्यालय फुटबल प्रतियोगीतको सेमीफाइनल खेल सम्पन्न भएका छन् ।

शुक्रबार दिनको १ बजे एसओएस वाल ग्राम सानोठीमीको खेल मैदानमा भएको पहिलो खेल गोल्डन वड स्कुल र न्यू स्टार पोल गोठाटार विच भएको खेलमा न्यूस्टार पोल स्कुल पेनाल्टी शुटआउटमा ४–३ ले बिजयी भयो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ द म्याच न्यूस्टार पोलका जर्सी नंं ७ का सौरभ थापा घोषित भए ।

त्यस्तै शुक्रबार नै भएको विनायक स्कुल ठीमी र जागृती स्कुल नरेफाट कोटेश्वर बीचको खेलमा विनायक स्कुल २–० ले बिजयी भएको छ । विनायकको जितमा सुशिल मानन्धर र आभाषस बस्नेतले गोल गरे । खेलको म्यान अफ द म्याच अमर नेवार घोषित भए ।

अब उपाधिका लागि न्यू स्टार पोल र विनायक स्कुल असार ८ गते फाइनलमा भिड्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहत ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ग्रामर स्कुल कोटेश्वरले छात्रवृत्ती प्रदान गरेको छ भने उत्कृष्ट गोलकिपर, रक्षक र प्रतियोगीता अवधीभर सबै भन्दा बढी गोल गर्ने खेलाडीलाइ न्यू भिजन एकेडेमी कोटेश्वरले मासीक शुल्कमा पुरै छात्रवृत्ती प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...