एन्फासँग सहकार्य गर्न गण्डकी प्रदेश तयार

पोखरा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको सम्भावित विकासका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेटघाट गरेका छन् ।

पोखरा स्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटघाट कार्यक्रममा एन्फाका अध्यष कर्मा छिरिङ शेर्पाले मुख्यमन्त्री गुरुङसँग गण्डकी प्रदेशमा सम्भावित फुटबल विकासका लागि आवश्यक छलफल गरेका थिए । त्यसक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशको फुटबल विकासका लागि आफू सधै तयार रहेको प्रतिक्रिया दिएका थिए ।

सोही अवसरमा एन्फा अध्यष शेर्पाले मुख्यमन्त्री गुरुङलाई राष्ट्रिय फुटबल टोलीको जर्सी पनि हस्तान्तरण गरेका थिए । स्मरणीय छ, एन्फाले फिफाको विशेष सहयोगमा पोखरामा टेक्निकल सेन्टर निर्माण गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...