प्रथम मेयर गोल्डकप शुरु, मुनाल क्लब, झापाको बिजयी शुरुवात

सिरहा (खेलदैनिक) । सिरहामा बिहीबारदेखि शुरु मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा मुनाल क्लब, झापाले बिजयी शुरुवात गरेको छ ।

सिरहा क्याम्पसको खेलमैदानमा भएको उद्घाटन खेलमा मुनालले भरतपुर एफसी, चितवनलाई २–१ ले हरायो । मुनालको जितमा खेलको ११औं मिनटमा भिक्टरले पहिलो गोल गरे । त्यस्तै २५औं मिनटमा नवयुग श्रेष्ठले मुनालका लागि दोस्रो गोल गरे जुन खेलको निर्णायक पनि बन्यो ।

उता भरतपुरका लागि ६२औं मिनटमा राजेश पौडेलले एक मात्र सान्त्वना गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन । खेलमा मुनालका गोलकर्ता नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यो जितसँगै मुनाल प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल धनकुटा एफसी, धनकुटा र बिरगंज युथ एकेडेमी, बिरगंजबीच हुने आयोजकले जनाएकोछ । सिरहा जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल यहि असार १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...