बिमल निर्णायक बन्दा हारबाट जोगियो टिसी स्पोर्टस

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फरवार्ड बिमल घर्ती मगरले धिवेही प्रिमियर लिगमा पहिलो गोल गरेपछि टिसी स्पोर्टस् आफ्नो सम्भावित हारबाट जोगिएको छ ।

बिहीबार अबेर राती भएको खेलमा बिमलको क्लब तथा डिफेन्डिङ च्याम्पियन टिसी स्पोर्टसले क्लब इगल्ससँग १–१ को बराबरी खेल्यो । खेलको ८२औं मिनटमा अली बसिरको गोलबाट शुरुवाती अग्रता बनाएको इगल्स जित नजिक पुगेको थियो ।

तर खेलको अन्तिमतिर इन्जुरी समयमा बिमलले गोल गरेपछि टिसी स्पोर्टसले सम्भावित हार टार्दै महत्वपूर्ण १ अंक बटुल्न सफल भएको थियो । बिहीबारको त्यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको टिसी स्पोर्टस दोस्रो स्थानमा छ । उता क्लब इगल्स भने १ खेलबाट १ अंकका साथ छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...