महिला फुटबल: दुर्गापुरीको विजयी सुरुवात

झापा, फागुन १४ । झापाको शनिश्चरेस्थित नमुना खेलमैदानमा शनिबारदेखि सुरु सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगितामा दुर्गापुरी महिला एफसीले विजयी सुरुवात गरेको छ ।
सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा मोरङको दुर्गापुरीले इलामको चुलाचुली एफसीलाई ५–० गोलले पराजित ग¥यो । उसका लागि मनिता धिमाल र मिना बागदासले २–२ र जमुना आलेमगरले १ गोल गरिन् । जमुना खेलको वुमन अफ दी म्याच घोषित हुँदै नगद पुरस्कार पाइन् ।

झापा, मोरङ, सुनसरी र इलामका आठ टिम सहभागी प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश्वर दाहालले गरेका थिए । आइतबार सतासी महिला एफसी झापा र लेटाङ महिला एफसी मोरङबीच खेल हुने आयोजक प्रतिष्ठानका उपाध्यक्ष टङ्कप्रसाद भट्टराईले बताए । गोल्डकपको विजेताले ५० हजार र उपविजेताले ३० हजारसहित ट्रफी पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...