चितवन च्याम्पियनसिप : अभिषेक चर्च फाइनलमा

भरतपुर (खेलदैनिक) । अभिषेक चर्च, रजहर जारी हनामी पाँचौ. चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा अभिषेक चर्चले जु एफसी, जुगेडीलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

बिहीबार भरतपुर स्थित प्रहरी तालिम केन्द्रमा भएको दोस्रो क्वाटरफाइनलमा अभिषेक चर्चका लागि यानिक ओवाना एक्लैले दुवै गोल गरे । उता पराजित जु एफसीका लागि ओला ओलेले एक मात्र गोल फर्काए । खेलमा अभिषेक चर्चका यानिक खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

अभिषेक चर्चले अब फाइनलमा यहि असार ७ गते शनिबार जुनियर पुलिस अफिसर्स कलेज, भरतपुरसँग उपाधिका लागि भिड्नेछ । एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...