नेपाल यु–२३ गोलरक्षक अर्पन कार्की भुटान प्रस्थान

काठमाडौं (खेलदैनिक) । नेपालका यु–२३ गोलरक्षक अर्पन कार्की व्यवसायीक फुटबल खेल्न बुधबार भुटानतर्फ प्रस्थान गरेका छन् । कार्कीले भुटान प्रिमियर लिगतर्फ पारो एफसीबाट खेल्नेछन् ।

स्मरणीय छ, कार्कीले गत बर्ष पनि पारो एफसीबाटै खेलेका व्यवसायीक फुटबल खेलेका थिए । भुटानको नयाँ सिजन यहि जुन २२ तारीखदेखि शुरु हुँदैछ, जुन आगामी नोभेम्बरसम्म जारी रहनेछ ।

नेपालले सन् २०१७ मा भुटानमै भएको साफ यु–१८ च्याम्पियनसिप जित्दा अर्पन टोलीका महत्वपूर्ण सदस्य समेत रहेका थिए । त्यति मात्र नभएर अर्पनले माल्दिभ्सको दोस्रो डिभिजनको टोलीबाट पनि व्यवसायीक फुटबल खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...