सहज जितका साथ अभिषेक चर्च सेमिफाइनलमा

भरतपुर (खेलदैनिक) । अभिषेक चर्च, रजहर जारी हनामी पाँचौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा अभिषेक चर्चले सुन्धारा एफसी, काठमाडौंमाथि ३–० को एकतर्फी जित निकाल्यो ।

भरतपुर स्थित प्रहरी तालिम केन्द्रको खेलमैदानमा भएको खेलमा अभिषेक चर्चका लागि यानिक ओवानाले दुई गोल गरे भने थप एक गोल सुनिल बलले गरे । मंगलबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल जुनियर पुलिस अफिसर्स कलेज, भरतपुर र देशभक्त युवा क्लब, नवलपरासीबीच हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा भने बिहीबार अभिषेक चर्चले जु एफसी, जुगेडीको सामना गर्ने आयोजकले जनाएको छ ।

एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असार ७ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...