एएफसी कप खेल्न ढाका जाने लिग च्याम्पियन मनाङको बिदाई

काठमाडौं (खेलदैनिक) । एएफसी कप खेल्ने नेपाल च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबका खेलाडीहरुलाई क्लबले सोमबार बिहान एक कार्यक्रमका बीच बिदाई गरेको छ । होटल रोयल सिंघीमा भएको बिदाई कार्यक्रममा उपस्थित क्लबका पदाधिकारीहरुले टोलीलाई जितको शुभकामना सहित बिदाई गरे ।

एएफसी कपतर्फ समूह ई मा रहेको मनाङले यहि जुन १९ (बुधबार) का दिन बंगलादेशको लिग च्याम्पियन ढाका अवाहानीसँग ढाका स्थित बंगबन्धु नेशनल स्टेडियममा खेल्दैछ । आफूले खेलेको चार मध्ये दुईमा जित र दुईमा बराबरी नतिजा निकालेको मनाङ २ अंकका साथ पुछारमा छ ।

त्यस्तै चार खेलबाट ७ अंक जोडेको ढाका दोस्रो स्थानमा छ भने समान अंक भए तापनि राम्रो गोलभिन्नताका आधारमा चेन्नईन शिर्ष स्थानमा छ । उता चार खेलबाट चार अंक जोडेको मिनर्वा पञ्जाब तेस्रो स्थानमा छ र पञ्जाबले बुधबार नै गुवाहाटीमा चेन्नईनको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...