चितवन च्याम्पियनसिप : जु एफसी सेमिफाइनलमा

भरतपुर (खेलदैनिक) । जु एफसी, जुगेडी जारी हनामी पाँचौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनलमा जु एफसीले नारायाणगढ एफसीलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको चौथो मिनटमै अमृत श्रेष्ठको गोलबाट शुरुवाती अग्रता बनाएको नारायणगढले त्यसलाई धेरैबेर जोगाउन सकेन । उता जु एफसीका लागि निराजन मल्लले १४औं मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा सुमन अर्याल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल हर्दि युवा समाज, भण्डारा र देशभक्त युवा क्लबबीच हुने आयोजकले जनाएको छ । एभरेष्ट क्लब, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...