उदयपुर गोल्डकप : दिपकको निर्णायक गोलमा आयोजकसँग झापा स्तब्ध

गाईघाट (खेलदैनिक) । झापा–११ फुटबल क्लबलाई स्तब्ध पार्दै आयोजक उदयपुर–११ जारी रमपम पाँचौं उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा उदयपुरले झापालाई १–० को साँघुरो अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलमा उदयपुरका लागि दिपक गुप्ताले एक मात्र निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । त्यसवापत गुप्ताले ७ हजार पुरस्कार रकम पनि प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल मोरङ ट्रेनिङ सेन्टर र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...