वडा नम्बर ६ लाई अध्यक्ष कपको उपाधी

  • गोपाल काफ्ले

पथरी (खेलदैनिक) । मोरङको कानेपोखरी गाँउपालिकामा सम्पन्न दोश्रो अध्यक्ष कप नकआउट वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी कानेपोखरी ६ ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई ट्राइबेकर ३ का बिरुद्ध ४ गोलले हराउँदै वडा नं. ६ ले दोस्रो सस्करणको उपाधी चुमेको हो ।

बिजेता बनेको ६ वडाले उपाधिसँगै नगद ८० हजार ट्रफी मेडल र प्रमाण पत्र हात पार्यो भने उपबिजेता वडा नं. ५ ले ५० हजारमा चित बुझाउनु पर्यो । प्रतियोगितामा वडा नं. ६ का काजिमान राई बेस्ट प्लेयर, बिप्लब मैनाली उच्च गोलकर्ता, मनिल्द्र तामाङ बेस्ट गोलकिपर बने भने वडा नं. नं. ५ का मनिश राई म्यान अफ द म्याच र अर्जुन माझी बेस्ट डिफेन्स घोसित भए ।

त्यस्तै पालिका स्तरिय क्रिकेटको उपाधि भने वडा नम्बर ३ ले जितेको छ । उपाधि जित्ने क्रममा वडा नम्बर ३ ले वडा नं. ६ लाई हराएको थियो । कार्यक्रममा चेस, हाईजम, ब्याटमिटन, दैडलगायत खेलकुद प्रतियोगिता भएको थियो ।

कानेपोखरी खेलकुद बिकास समितिको आयोजनामा जेष्ठ २५ देखि गाँउपालिका भरी खेलकुद सप्ताह सुरु गरेको थियो । ३२ गते शनिवार फुटवलको समापनसंगै खेलकुद बिधाको सम्पुर्ण पुरस्कार बितरण गरेको छ । सबै खेलका बिजेता खेलाडीलाई गाँउपालिका अध्यक्ष तारा बहादुर काफ्ले र नगर खेलकुद समितिका संयोजक भुपाल श्रेष्ठले बितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...