नुवाकोट गोल्डकप : आयोजक च्याम्पियन

नुवाकोट (खेलदैनिक) । शुक्रबार सम्पन्न दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नुवाकोट–११ ले जितेको छ । फाइनलमा सिएमजी संकटा क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हराउँदै उपाधि उचालेको हो ।

यसअघि नुवाकोट आदशृ बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा शुरुवाती अग्रता बनाएर पनि जोगाउन नसकेको संकटाले अन्ततः उपाधि जित्नबाट बञ्चित हुन पुग्यो ।

खेलको २३औं मिनटमा पुजन उपरकोटीको गोलबाट संकटाले शुरुवाती अग्रता बनाएको थियो । तर ३८औं मिनटमा भिक्टरले आयोजकका लागि बराबरी गोल फर्काएका थिए । बिजेता बनेको नुवाकोटले उपाधिसहित नगद ६ लाख हात पारेको छ भने उपविजेता संकटाले ३ लाखमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...