अन्तर नगरापलिका महिला फुटबल शुरु

काठमाडौं (खेलदैनिक) । शुक्रबारदेखि उपमेयर कप अन्तरनगरापालिका महिला फुटबल प्रतियोगिता शुरु भएको छ । सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको उद्घाटन खेलमा समूह ए तर्फ तुल्सीपुर उपमहानगरपालिका र बाँसगढी नगरपालिकाले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

खेलमा शुरुवाती गोलको अग्रता बाँसगढीले लिएको थियो । खेलको ११औं मिनटमै राष्ट्रिय खेलाडी पुजा रानाले बाँसगढीका लागि पहिलो गोल गरीन् । तर २१औं मिनटमा दिपा पुन मगरले तुल्सीपुरका लागि बराबरी गोल फर्काएकी थिईन् ।

लगतै २५औं मिनटमा ममता पुन मगरले तुल्सीपुरका लागि दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाईन् । यद्यपि तुल्सीपुरले पनि त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता ३७औं मिनटमा पुजा रानाले नै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल १८ टोलीहरुको सहभागिता रहेको छ । आउँदो असार ११ गते फाइनल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...