फिफा वरियतामा चार स्थान तल झर्यो नेपाल

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल चार स्थान तल झर्दै १६५औं स्थानमा पुगेको छ । फिफाले शुक्रबार निकालेको नयाँ वरियता अनुसार दक्षिण एसियातर्फ भने नेपाल चौथो स्थानमा छ ।

त्यस्तै १०१औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहँदा १४९औं स्थानमा रहेर अफगानिस्तान भने दक्षिण एसियातर्m दोस्रो स्थानमा छ । १५१औं स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।

त्यसैगरी १८३औं र १८६औं स्थानमा रहेको बंगलादेश र भुटान दक्षिण एसियातर्फ क्रमश पाँचौं र छैठौं स्थानमा छ । २०१औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ सातौं स्थानमा रहँदा २०५औं स्थानमा रहेको पाकिस्तान आठौं स्थानमा छ ।

त्यसैगरी एसियातर्फ इरान शिर्ष स्थानमा रहँदा जापान दोस्रो स्थानमा छ । दक्षिण कोरिया भने एसियाली राष्ट्रहरुमा तेस्रो स्थानमा रहेको छ । विश्व वरियतामा भने बेल्जियम शिर्ष स्थानमा छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा रहेको छ भने ब्राजील तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...